कुमारी सपनाहरु एक हुल

विहानीले

घुम्टो नउघार्दै

वाधिन खोज्छन् म संग 

आलिङ्गनमा

यात्रामा

पाइला नघिसार्दै

अनन्त वन्दै जान्छन् तिनीहरु

मन

अस्तित्वको खोजीमा

धुइपत्ताल

फैलाउछ साम्राज्य

र रोज्छ आस्थाले

एउटा देश

तर समयको पछि पछि

दगुर्दै

हैरानीले भिजेको छु निथुरुक्क

तै पनि विश्वास आढेर

जीवन

पाउ लाग्छ त्यसरी नै सुकोमल

अरुहरुले पाए जस्तै

तर काहा छ र -

सपनाको आकार

मात्र भ्रम

सपना बुन्नु पनि

ओइलिएको घामलाई देखेर

नियास्रीन्छु त्यसै

पहाड जत्रा

विवशताहरुले कुल्चिएर

उम्रन्छु मरुभूमीवाट

तर छोप्छ निर्घात

दुखपीडाको तुषारोले

तर पनि आकांक्ष छरेर

टुसाउने रहर

अझै

केवल

मिथ्या मात्र वनेको छ यहा

क्षणहरुको सम्झौतामा

छाम्छु अर्को दिन

अध्यारो बढार्दै मिर्मीरेमा

तव पुन

कुमारी सपनाहरु एक हुल

विहानीले

घुम्टो नउघार्दै

वाधिन खोज्छन् म संग

आलिङ्गनमा

यात्रामा

पाइला नघिसार्दै

अनन्त वन्दै जान्छन् तिनीहरु