गोल व्रम्हाण्डको आङमा
देखिएको एक चोक्टा
नेपाल
औसत मान्छेहरुको हुलमा
देखिएको एक मान्छे
नेपाली
वेकसुर क्रसफयरिङ्गमा
मृत्यु कोमल छात्तीमा दागेर
त्यसै ढलेको छु देश
क्रसफयरिङ्गमा सामेल
युद्धरत
योद्धाहरुलाई
त्यो थाहा नहोला सायद
कि म निर्दोष देश ढलिरहेछु
वरु वेवारिस लाश देखेर
आल्हादित हुदा हुन्
एउटा शत्रुको अन्त्य सम्झेर
वास्तवमा
कदापी त्यो होइन
बरु त्यहा गुमेको छु एक आफन्त
क्रसफयरिङ्गमा आजभोलि
यसरी नै क्षण क्षण ढलिरहेछ देश
यहा ढल्नुमा
न छ गौरव न वीरता
न छ वीरगति न शाहादत्त
न छ शोकसभा न श्रद्धान्जली
वेअर्थले ढल्छ देश
अस्ति सम्म रोल्पा र रुकुममा मात्र
हुन्छ भन्थे क्रसफयरिङ्ग
पढेको थे अखवरमा
देश त्यहा दुखेको छ भनेर
सुन्छु हिजोआज
देशको सिरपुच्छर
वोलेको छ रे धावा क्रसफयरिङ्गले
कस्तो विडम्वना
आङ्खनै घुडामा वन्चरो ठुंगेर
महानता पाल्नु पर्ने
मेरा देशका महापुरुषहरुलाई
शान्तिको नाममा हिंसा उधिनेर
आघात घोप्ट्याउनु पर्ने
मेरा देवहरुलाई
भो अव त वन्द गर
क्रसफयरिङ्ग
वाच्न देउ देशलाई देश जस्तै
वैरी छैन यहा कोहि न त पराय नै
मात्र छौ भाइभाइ
मात्र छौ नेपाली नेपाली
तिलको पहाड उभ्याएर
देशको मृत्यु खोज्नु हुन्न त्यहि मुलुकको नागरिकले
मपाईत्वले महान योद्धा सम्झने
ए वुद्धुहरु हो
क्रसफयरिङ्गका ए महापुरुषहरु हो
हास्न देउ सुन्दरशान्त नेपाललाई
वाच्न देउ सगरमाथाको देशलाइ