ठिक मेरै सम्मुख उभेको सालको बुढो रुख जस्तै
कति उभ्नु ठिङ्ग स्थिर आङको खोपडीमा
वेगवान मनहरु हुइक्याउदै
झापड हान्ने एक झोक्का वतासले
झप्पु हानेर जव कतै भाग्छ
तव गाली गर्छु तथानाम त्यसलाई
अनि मुर्मुरीर्न्छु रिसले चुर भएर
खै कता गयो त्यो पनि आ’छैन सदा झैं
कति ठडिनु छेउ मै अग्लिएको टावर संग दाजिदै
उमेर मात्र तन्किन्छ त्यो टावरको तला भन्दा धेरै
त्यसैले लाग्छ छलु झैं बाटो कहिले कहि सिमाटोक्ने परिस्थितीलाई
सकिए जस्तो छ यात्रा पनि किनभने प्रत्येक दिन र रात
काट्दै छु एउटै आयतनमा पत्थरको सालीक झैं
हिउदको कक्रिने जाडो र वर्खाको प्रचण्ड गर्मी
ताप्ने गरेको छु यथास्थानवाटै
देख्छु पर पहाडको रङ्ग मौषमले पोते अनुसार
मात्रै र्स्पर्श गर्छु दृष्टिका हातहरुले त्यसलाई
र हरदिन उकाली ओराली गर्ने दुइ पाईला
सोच्छु अव त्यहा पुग्ने छैन
किनकी वाधिएको छु फन्फनी अचेल
सिमाटोक्न वाध्यताले
आफनै सिरमाथि जुनघाम र ताराहरु उदाएर आउनु
त्यो महत्वको विषय किन हुदैन र-
तर सिमलको रुख झैं जिङग्रीङग उभेर
समय हाम्फाल्दै कुदेको हेर्न वाहेक फुर्सद छैन मलाई
मान्छेहरु हुलका हुल दोहोरीलत्तमा
चौतर्फी हाकिन्छन् उदेश्यहरु वाधेर
म भने थिचिएको छु नउठ्ने गरी
मेरै अगाडी घरको खाबो दलिनले थिचिए सरी
सिमाटोक्न दायित्वले
यो ठाउंमा उभ्न वेकार सोचौ भने
थुप्रै थुप्रै सपनाहरु पालेको छु यहिवाट
थुप्रै थुप्रै सपनाहरु छामेको छु यहिवाट
तर्सथ मुर्तीको नियतिलाई कुल्चेर
प्रयोजन खोज्छु चलयमान क्षणहरु संग
र अनुवाद खोज्छु जिवनका सहि मार्गहरुमा
अन्तराल अन्तरालहरु मै
तर यो गति जति धकेल्न खोजे पनि ठाउको ठाउ
सालको त्यो बुढोरुख जस्तै मकिदै गएको छु म
मेरो छेउको त्यहि टावर जस्तै रित्तिदै गएको छु म
सिमाटोक्न समय संग
May 1, 2006 at 9:39 am
[...] १.सिमाटोक्ने [...]