सडक
अवरुद्ध छ अचेल
वासी अनहारहरुको भीडले
त्यसरी नै निष्क्रिय वनेकाछन् नया सडकहरु
मान्छेमा
आस्थाहरु मर्दै गए पछि
भावनाहरु मौलाउदैनन्
तव दिमागलाई समयको कराहीमा
वेस्सरी भुट्छु विश्वासहरु
आखामा झुण्डिएका पर्दाहरु च्यातेर
छाम्छु श्रीयसुपाको इतिहास
अनि सुन्छु कान खोलेर
शब्दमा कैदि वनेका आवाजहरु
तव फलाक्छु श्रीयसुपाको आत्मा
फेदाङमाले झैं
कुनै वेला देशको आयतनमा
आफ्नै राज्य थियो
तर आज किम्वदन्ति मात्र वनेको छ
त्यो किपटको कुरा
अक्षरहरुको वन्चरोले
वारम्वार ठुङछु आफ्नै खोपडी
र छाम्छु खिया परेको अनुहार
त्यहा पाउछु असंख्यौ आफ्नै प्रकृतिका विम्वहरु
तव हठात झस्कन्छु युगौको निन्द्रावाट
र गुहार्छु अदृश्य
तागेरा निङवाफुमालाई
श्रीयसुपाको माङ्गेनाको लागि
हिजो नीतिनियमले पिल्सिएका हामी
आज पासीएका छौ त्यसको नया प्रारुपले
अव नहेरे हुन्छ कुनै जोखाना
किनकी ताम्रपत्र
त्यसका वलिया आधारहरु हुन्
पूर्खाहरुले आर्जेको सिमाना
छोपीएको हुन सक्छ विचारहरुको तुवालोले
तर पनि त्यहा जिवित छन् रक्तकणहरु
षड्यान्त्रको पाइतालाले
निर्मम कुल्चिएर श्रीयसुपा
दन्त्य कथा वनेको छ ओझेलमा
यथार्थको टापूमा
अवेरै भए पनि रोप्दैछु
तिनैका वंशज वीर्य मस्तिष्कमा
भूलहरुको श्रृखलाले
पूर्वज छाती फुलाएर
अझै पनि गर्व ठान्दैछौ अक्षरहरुको पहाड
मान्छे मान्छेमा छेलिएका
श्रीयसुपाका प्रतीकहरु
लोप भएको छन् देश भित्र देश
आवाज भित्र आवाजहरु
तर्सथ
मुन्धुम अलापेर
व्युझाउछु श्रीयसुपा साम्
र नया घामको आविष्कार संगै
उचाल्छु फगत श्री यसुपाका पाइलाहरु
नोट
श्रीयसुपा
श्री – श्रीजङ्गा
य – यलम्वर
सु – सुम्निमा
पा – पारुहाङ्ग
प्रयोग भएका लिम्वु भाषा
मुन्धुम – लिम्वु जातीको वेद
तागेरा निङवाफुमा – लिम्वु जातीले मान्दै आएको र्सवव्यापी देवता
माङ्गेना – देवारीद्वारा आशिर्वाद लिने कार्य , सिर उठाउने कार्य
फेदाङमा – देवारी
साम् – सातो मानिसको