यता अलिकति वाडिदै उता अलिकति चुडिदै
सम्झेर पुन विर्सदै हतारमा जीवन
मर्दैछु हिजो भन्दा आज एक दिन वढी
र भोलि…पर्सी.हुदै क्रमश
धकेल्दैछु निरन्तर मृत्युयात्रामा पाइलाहरु
तर दुनियाको आखामा
मेरो जीउदो लाश उठाउने
कोही मलामी भएनन् यहा
छन् खचाखच गाउ,शहरमा
मैले मलामी ठानेका मान्छेहरु
तर वेपर्वाह हिडीरहेछन सडकमा
म जस्तै जीउदो लाश वनेर
जीवन कुनै दिन जगत मा रहन्न भन्ने थाहा पाएर पनि
वाच्ने भिस्सा थपीरहन्छु वारम्वार जीउने वाहानामा
आफन्त खोज्छु
नाता जोड्छु
र उनीहरु कै आसपासमा जीएर आत्मियताको न्यानो ओड्छु
तत्क्षण पराजीत भए झै लाग्छ मृत्यु
हो त्यसैवेला निशंकोच ओठमा फुल्छन्
असंख्यौ गुलावी मुस्कानहरु
त्यो एउटा आभाष मात्र हो मेरो
वाचेकै छु कि भन्ने
तर त्यो पलमा पनि काहा रोकिएको हुन्छ र ?
मृत्युश्रृंखला
माटोमा टेके कै दिन सुभारम्भ भएको मृत्युयात्रा
निक्कै हिडीसकिएछ आज सम्ममा
किनकी त्यो मैले आफैलाई छाम्दा थाहा पाए
लाग्छ मृत्युको नजरमा
अजम्वरीको वुटी खोज्दै वाचेका छौ भने
केवल भ्रम मात्र वाचेका छौ
किनभने वाच्नुको निरन्तरतामा पीइरहेका हुन्छौ मृत्युको स्लोपोइजन
यहा हरदम संसारीक मोहमा फसेर
कहिलेकहि आफैलाई भुल्दा
जीवन त्यसवेला जीवन झै लाग्छ
हुन त यो अकाट्य मृत्यु काहा छैन र ?
यत्रतत्र ,र्सवत्र
र्सवकालिन फैलिएकै छ जगतमा
लाग्छ यसैको पृष्ठभूमीमा जीवन सौदा गरेर
यता अलिकति वाडिदै उता अलिकति चुडिदै
सम्झेर पुन विर्सदै हतारमा जीवन
मर्दैछु हिजो भन्दा आज एक दिन वढी
र भोलि…पर्सी.हुदै क्रमश
धकेल्दैछु निरन्तर मृत्युयात्रामा पाइलाहरु
November 3, 2006 at 4:36 am
[...] — मृत्यु श्रृंखला — कुमारी प्रवाह — वर्तमान परिस्थितीको रमीते हामी – कोलम्वस पाइला [...]